एउटा पुस्तकमा कति थोक हुन्छ ? एउटा पुस्तकले कति ठाउँमा सिरिङ्ङ पार्छ ? एउटा पुस्तकले कति ठाउँमा गला अवरूद्ध पार्छ ? एउटा पुस्तकले कति ठाउँमा आक्रोशले मुठी कस्ने बनाउँछ ?
सायद यी कुराको हिसाब कतै लेखिएको हुँदैन । तर शून्यको मूल्य पढेपछि यी सबै हिसाब गर्न मन लाग्छ । पुस्तक कर्णाली क्षेत्र वरिपरिका मानिस र तिनका कथासित जोडिएको छ । तर यसभित्रका कथाले संसारका कुनै पनि कुनाका मानिसका आत्मा नै सिरिङ्ङ पार्ने सामर्थ्य राख्छन् ।