महाकवि लक्ष्मी प्रसाद देवकोटाले नेपाली साहित्यका हरेक विधामा आफ्नो अमूल्य योगदान दिएका छन्। कवितामा उनी जति सशक्त देखिएका छन् त्यति नै निबन्धमा पनि उनले कलम चलाएका छन् । देवकोटाको अद्वितीय लेखन शैली उनका निबन्धहरूमा देख्न सकिन्छ। ससाना विषयहरूलाई अत्यन्त मार्मिक र साहित्यिक रुपमा पस्कन सक्ने उनको खुबीले गर्दा उनका हरेक निबन्धहरु अनुपम छन्।
समाजका सामान्य विषय देखि लिएर धर्म, भाषा, संस्कृति र मानव जीवनका हरेक ध